पर्यटक भित्र्याउँ

पर्यटक भित्र्याउँ
सुन्नुहोस्

 हालैसालै नेपाल पर्यटन बोर्ड (एनटीबी) ले प्रकाशित गरेको तथ्यांकमा जनाइएअनुसार सन् २०२४ को ११ महिनामा नेपालमा १० लाख ५५ हजार ५ सय ३३ जना विदेशी पर्यटकले भ्रमण गरेका छन्। सो तथ्यांकअनुसार सन् २०२४ को नोभेम्बर महिनामा नेपालमा एक लाख १४ हजार ५ सय १ जना विदेशी पर्यटक भ्रमण गर्न आएका छन्। जबकि नेपाल सरकारको लक्ष्य चाहिँ सन् २०२४ मा कम्तीमा १३ लाख १५ हजार विदेशी पर्यटकको संख्या पुर्‍याउने भन्ने रहेको थियो, छ।

आर्थिक वर्ष २०८०/०८१ मा चाहिँ कम्तीमा पनि १६ लाख विदेशी पर्यटकको संख्या नेपाल भित्र्याउने लक्ष्य लिइएको छ। तर, सो लक्ष्य पूरा नहुने पक्का जस्तै भइसकेको छ। त्यसका अनेक कारणहरू रहेका छन्। तल अहिलेसम्म (११ महिनामा) मासिक रूपमा कति विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आए त ? भनी सन् २०२४ को ११ महिनाको तथ्यांक प्रस्तुत गरिएको छ। 

१, जनवरी महिनामा ७९ हजार १ सय जना। २, फेब्रुअरी महिनामा ९४ हजार ४ सय २६ जना। ३, मार्चमा १ लाख २८ हजार १ सय ६७ जना। ४, अप्रिल महिनामा १ लाख ११ हजार ३ सय ७६ जना। ५, मे महिनामा ९० हजार २ सय ११ जना। ६, जुन महिनामा ७६ हजार ७ सय ३६ जना। ७, जुलाई महिनामा ६४ हजार ५ सय ९९ जना। ८, अगस्ट महिनामा ७२ हजार ७ सय १९ जना। ९, सेप्टेम्बर महिनामा ९६ हजार ३ सय ५ जना। १०,  अक्टोबर महिनामा एक लाख २४ हजार ३ सय ३ जना। ११, नोभेम्बर महिनामा १ लाख १४ हजार ५ सय १ जना विदेशी पर्यटक आएका छन्। यसरी हेर्दाखेरि सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार ५ सय ३३ जना विदेशी पर्यटकहरू मात्रै नेपालको भ्रमण गर्न आएको देखिन्छ। 

विगत  पाँच वर्षमा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरूको संख्यालाई तथ्यांकमा हेर्दाखेरि ठूलो उतारचढाव आएको देखिन्छ। जस्तै सन् २०२३ मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको संख्या १० लाख १४ हजार ८ सय ७४ जना पुगेको थियो भने सन् २०२० मा २ लाख ३० हजार ८५ जना विदेशी पर्यटक मात्रै नेपाल भ्रमणमा आएका थिए। यो भनेको तथ्यांक हेर्दा सन् २०१९ मा भन्दा ८२ प्रतिशतले कम विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आएको तथ्यांक रहेको थियो।

त्यस्तै सन् २०२१ मा केवल १ लाख ३१ हजार विदेशी पर्यटकहरू मात्रै नेपाल भ्रमण गर्न आएका थिए। तर, सन् २०२२ मा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको त्यो संख्यामा ठूलो पैमानामा वृद्धि भएर ६ लाख १४ हजार १ सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। त्यसअघि नेपाली पर्यटनको इतिहासमा सन् २०१९ मा सबैभन्दा धेरै विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएका थिए। स्मरण रहोस्, सन् २०१९ मा ११ लाख ९७ हजार चानचुन विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आएका थिए। हुन त नेपाल सरकारले धेरै ढिला गरेर (विसं २०६५ मा) समग्रमा नेपालको पर्यटन नीतिहरू कस्तो हुने भन्ने ? सम्बन्धमा बृहद् ढंगले अध्ययन गरेर नै होला, ‘नेपालको पर्यटन नीति–२०६५’ ल्याएको लगभग १६ वर्ष भएको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  धेरै ढिला गरेर २०६५ सालमा ल्याएको सो पर्यटन नीतिअनुसार  सरकारले लगभग १६ वर्षको अवधिमा पर्यटनसम्बन्धी केके काम गर्‍यो, केके उपलब्धिहरू हासिल गर्‍यो ? भनी मिहिन ढंगले हेर्ने र केलाउने हो भने अझै पनि उल्लेख गर्न लायक त्यस्तो उल्लेखनीय उपलब्धिहरू देखा नपर्ला ! हुन त ‘नेपालको पर्यटन नीति– २०६५’ को बुँदा नम्बर ६, को (क) मा उल्लेख गरिएको दीर्घकालीन दृष्टिकोणः अन्तर्गत ‘नेपालका प्राकृतिक, सांस्कृतिक, जैविक एवम् मानवनिर्मित सम्पदाहरूको संरक्षण तथा प्रवद्र्धन गर्दै नेपाललाई विश्व मानचित्रमा आकर्षक, रमणीय र सुरक्षित गन्तव्यस्थलको रूपमा विकास गर्नु पर्यटन क्षेत्रको दीर्घकालीन दृष्टिकोण (भिजन) हुनेछ’ भनी उल्लेख गरिएको भने (ख)मा राखिएको लक्ष्यमा ‘राष्ट्रिय सम्पदाहरूलाई दिगो उपयोगको माध्यमबाट पर्यटकीय क्रियाकलाप प्रयोग गरी राष्ट्रिय आयमा पर्यटन क्षेत्रको उल्लेख्य मात्रामा वृद्धि गराई जनताको जीवनस्तरमा सुधार ल्याउनु पर्यटन क्षेत्रको लक्ष्य हुनेछ’ भनिएको छ यसरी हेर्दाखेरि ‘नेपालको पर्यटन नीति– २०६५’ को अनेकौं बुँदा र नम्बरहरू अनि (क), (ख), (ग), (क) १, २,...(ख) १, २, ३,...(ग) १, २, ३, ४...आदिमा नेपालको पर्यटनसम्बन्धी अनेकौं मिसन, भिजन, गोल आदिको वर्णन गरिएको छ। पर्यटन नीतिहरू र सरकारी घोषणाको कुरो गर्दाखेरि आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषणमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष (विसं ०८१–८२) मा १६ लाख विदेशी पर्यटक भित्र्याउने उल्लेख गर्नु भएको थियो। सरकारको सो लक्ष्य अब पूरा होला के त ? कसरी पूरा होला त ? सोचनीय छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.