‘समस्या अन, समाधान डन, जस्ट सर्च एनफिलिली’

‘समस्या अन, समाधान डन, जस्ट सर्च एनफिलिली’

काठमाडौं : गर्न चाह्यो भने के गर्न सकिँदैन ? बस हुनु पर्‍यो त आँट, भरोसा अनि कडा मेहनत । त्यही विश्वासका साथ लागि परिरहेका छन्– जेनिश कोइराला । जो नेपाल फिलिलीलाई एक विश्वसनीय सर्च इन्जिन बनाउन दिनरात लागि परिरहेका छन् । नेपाल फिलिलीको कार्यालय ललितपुरको भैंसेपाटीमा छ । 

के हो नेपाल फिलिली ? 
नेपाल फिलिली गुगल जस्तै एक नेपाली सर्च इन्जिन हो । यो एक सर्च इन्जिनमात्रै नभएर डिजिटल मार्केट गर्ने ठाउँसमेत हो । जहाँ नेपालका ७७ जिल्लाका साना ठूला कम्पनीका सबै विवरण प्राप्त गर्न सकिन्छ । जसरी गुगलमा सबै कुराको जानकारी प्राप्त गर्न सकिन्छ, नेपाल फिलिलीबाट नेपालका सबै साना–ठूला कम्पनी तथा पसलहरूका बारेमा जानकारी लिन सकिन्छ । कम्पनीको प्रोडक्ट, क्वालिटी, डिस्टेन्स, लोकेसन आदिको जानकारी लिन सकिन्छ । 

लगभग दुई वर्षअघि स्थापना भएको नेपाल फिलिलीमा हाल डाटाहरू कलेक्ट गर्ने तथा प्रोडक्टबारे प्रोफाइल बनाउने काम भइरहेको छ । जहाँ मुलुकका हरेक जिल्लामा गएर हरेक कम्पनीका डाटा कलेक्ट गरिरहेको संस्थापक तथा सीईओ जेनिश कोइराला बताउँछन् । 

‘हाल हामी फिल्डमा नै गएर डाटा लिने क्रममा छौं । नेपालमा भएका साना–ठूला गरेर नौ लाख कम्पनीहरू छन् । जसमा कानुनी रूपमा लगभग पाँच लाख कम्पनीमात्रै दर्ता भएका छन् । हामीले दर्ता भएका कम्पनीलाई मात्रै होइन, दर्ता नभएका कम्पनीलाई समेत फोकस गरेर अघि बढिरहेका छौं । जुन कम्पनी रजिस्टर छैन त्यो कम्पनीहरूलाई कानुनी बाटोमा जाओस् भन्ने हिसाबले नै रजिस्ट्रर गरिरहेका छौं, उनले भने, ‘त्यसैले हामी हाल डाटा कलेक्टमा नै लागिरहेका छौं ।’

यस्तै नेपाल फिलिलीले कम्पनीको क्याटागोराइज गरेर मार्केटिङ गर्ने गरेको छ । यसमा शिक्षा, स्वास्थ्य तथा पर्यटन मुख्य पाटा रहेका छन् । यससँगै ग्राउन्ड लेभलमा भएका किराना पसल पनि नेपाल फिलिलीले समेटेको छ । युजरहरूले आफूलाई कुन सेवा चाहिएको हो, त्यसका बारेमा जानकारी लिएर उक्त एप चलाउन सकिने जेनिशको भनाइ छ । 

उनी भन्छन्– ‘जस्तैः कुनै पनि ठाउँको किराना पसल दर्ता भएर नेपाल फिलिलीमा आइसकेपछि बिजनेस पेज पाउन सकिन्छ र पेज पाएपछि आफ्नो पसलमा के के सामान पाइन्छन्, त्यो सबै विवरण राख्न पाइन्छ । जसमा आफ्नो पसलको बारेमा सबै डिटेल राख्न सकिन्छ । जहाँ सर्च र लोकेसनलगायतका क्याटागोरिज रहेका छन् । 

जहाँ सहरअनुसारका लोकेसनहरू पाइन्छ । हामीसँग लोकेसनहरू, बर्दिबास, ताप्लेजुङ, बैतडीलगायत नेपालका ७७ वटा जिल्लामा नै पाइन्छ । र कम्पनीवाला र युजरहरूले आफूलाई चाहिएको अनुसार सेवा लिन र प्रोडक्ट बेच्न पाइन्छ ।’ 

नेपाल फिलिली कसरी म्यानेज हुन्छ ? 
एनफिलिलीमा सुरुमा ७७ वटा जिल्लामा पोइन्ट अफ कन्ट्याक्ट हुन्छ । हाल १०–१२ वटा जिल्लामा कार्यक्रम भएका छन् । नेपाल फिलिलीका मानिसहरू त्यहाँका पसलहरूमा डोर–डोर गएर डाटाहरू कलेक्ट गर्ने तथा प्रोडक्टबारे प्रोफाइल बनाउने काम भइरहको छ । जहाँ कम्पनीको प्रोफाइल बनाउने तथा पेज बनाउने काम गरिन्छ । जसमा टोल फ्रि नम्बरदेखि लिएर म्यासेज टुलबक्स हुन्छ । र कम्पनीले त्यसको रिप्लाई गर्न नसकेको समयमा नेपाल फिलिलीले कम्पनीले प्राप्त गरेको सूचनाको आधारमा कस्टरमरलाई प्रोडक्टबारे जानकारी दिन्छ ।

जस्तैः मैले कुनै कम्पनीको कुनै एड देखेर त्यसबारे जानकारी लिन खोज्छु भने रातमा कल रिसिभ हुन्न । त्यसैले त्यहाँ भएको टुल बक्स त्यहाँ म्यासेन गर्न सकिन्छ । अथवा त्यसमा टिकेट ओपन हुन्छ । त्यसमा टोल फ्रि नम्बर पनि हुन्छ । त्यसमा कल गरेर पनि प्रोडक्टबारे जानकारी लिन सकिन्छ । यसैगरी उक्त एपमा कम्पनीले आफ्नो प्रोडक्टबारे ब्लग बनाएर पनि मार्केटिङ गर्न सक्ने जेनिशको भनाइ छ । 

‘हामीले उहाँहरूलाई प्ल्याटफर्म त दिएका छौं । त्यहाँ ब्लग लेख्न पाइन्छ । जसमा पनि क्याटागोराइज गरिएको छ । स्वास्थ्य, शिक्षा, टुरिजम आदि रहेका छन् । जसकारण एनयुजरहरूलाई ब्लगमा हेर्न सजिलो हुन्छ । जसको मार्केटिङको लागि यसले दुई, तीनवटा कम्पनीसँग काम गरिरहेको छ । र हामी उहाँहरूलाई हाम्रो बेस्ट दिन खोजिरहेका छौं । ’ 

यस्तै उनी गुगलका डाटाहरू अपडेटेड तथा नेट नहुने ठाउँमा प्राप्त जानकारी नहुने हुँदा नेपालमा नेपाल फिलिली स्थापना गरिएको उनी बताउँछन् । 

‘गुगलका डाटाहरू पुराना छन्, अपडेट भएका हुँदैनन र इस्क्याम डाटाहरू समेत धेरै छन् । कतिपय फेक कम्पनीहरू हुन सक्छन्, जसलाई विश्वास गरेर एनयुजरहरूले कारोबार गर्ने आधार छैन । गुगलको डाटाहरूको भेरिफिकेसन चेक गर्न कुनै पनि प्रक्रिया नभएको र कस्टुमर केयर पनि छैन । जसबाट नेपालमा स्क्याम फाउन्ड भयो भने पनि क्लेम गर्ने ठाउँ छैन । साथै नेपालका सबै ठाउँमा इन्टरनेटको सुविधा नभएको हुँदा हामीले नेपालमा नै तयार भएको नेट बिनासमेत जानकारी लिन सकिने भएकाले एन फिलिली डट कमको स्थापना भएको हो ।’ उनले भने, ‘हामीले नेपालमा पनि प्रविधि भयो भने नेपाल पनि कुनै कुरामा कमी छैन ।’

यस्तै एन फिलिलीले प्रोडक्ट इन्डस्ट्रिजलाई मात्रै फोकस नगरेर सर्भिस इन्डस्टीलाई पनि फोकस गरिरहेको छ । नेपालमा सर्भिस इन्डस्ट्रीको सबैभन्दा ठूलो समस्या डिजिटल प्रोडक्टमा लगानी गरेपछि त्यसैले काम गर्छ कि गर्दैन भन्ने हो । रिजल्टका लागि कम्युनिकेसन हुन जरुरी छ । गुगलमा यस्ता कम्युनिकेसनहरू छैनन्, जसले कम्युनिकेसन गरेर प्रोडक्टबारे पुन सुझाव दियोस् । तर नेपाल फिलिलीले यस्ता समस्याहरूलाई मध्यनजर गर्दै कम्युनिकेसन सिस्टमको अवधारणालाई अँगालेको छ । 

यस्तै यसले व्यवसायहरूलाई उत्पादनहरू मात्र होइन विभिन्न प्याकेजअनुसारका सुविधा दिन्छ । प्याकेजअन्तर्गत कम्बो डिलहरू, मूल्यसूची तथा खरिद प्रक्रिया समावेश छन् । त्यसैसँगै ब्लगमार्फत जानकारीकारीमूलक ब्लग प्रकाशित गर्ने तथा मार्केटिङसमेत रहेको सीईओको भनाइ रहेको छ ।

कस्तो छ रजिस्ट्रसन प्रक्रिया ? एनफिलिलीमा रजिस्टे«्सन गर्न सुरुमा आफ्नो कम्पनी दर्ता हुनुपर्नेछ । दर्ता भएका कम्पनीहरूमात्रै नेपाल फिलिलीमा समावेश हुन पाउँछन् । हालको लागि रजिस्ट्रसन प्रक्रिया फ्रि रहेको छ । नेपालीहरूमाझ नेपाल फिलिलीको महत्त्व र आवश्यकताबारे बुझाउन हाल दर्ता शुल्क नलिएको सीईओको भनाइ रहेको छ । 

उनी भन्छन्, ‘एनफिलिलीमा दर्ता गर्न हाललाई रजिस्ट्रेसन फिको कुनै शुल्क लाग्दैन । किनभने हाम्रो टार्गेट ९ लाख कम्पनीलाई यसमा आबद्ध गराउने हो । नेपाल फिलिली डट कम यो हो भनेर थाहा पाऊन् । यसको महत्त्व बुझाउन हामीले अहिले फ्रि र अर्को वर्षदेखि २ हजारदेखि २५ सयसम्म एउटा वर्षको निश्चित रकम दिनुपर्ने नियम बनाएका छौं । उहाँहरूले त्यसमा चौबिसैघण्टा कस्टमर केयर सर्भिस पाउनुहुन्छ । कम्पनीको प्रोडक्टबारे हेर्न पाउँछन्, कस्टमरले कसरी सेवा लिन तथा नेपाल फिलिलीलाई पैसा तिरेर आफूलाई मन परेको सेवा किन्न पाइन्छ । सामान किन्न मिल्छ ।

कुनै पनि युजरको प्रोफाइलमा आएर कति जनाले हेर्‍यो कतिले क्लिक गर्‍यो कतिले सेवा लियो भनेर त्यसमा भएका ब्लगहरूबाट पनि देख्न सकिन्छ,’ उनले भने । यसैगरी यसमा युजरहरू आफैंले पनि कम्पनीको प्रोडक्ट बिक्री गर्न सकिने छ । एनफिलिलीले कम्पनीहरूको संकलनअनुसार राख्छन् रोलक्रम अनुसार राख्छन्, जहाँ कम्पनीको प्रोफाइल कसैले हेरिराख्नु भएको छ भने कनेक्सन गरेर काम गर्न सकिन्छ । 

‘हामीले ई कमर्स मार्केट प्लेसलाई मात्र फोकस गरेका छैनौं । त्यसैले हाम्रो सिस्टम केही फरक खालको छ,’ कोइराला भन्छन् । विदेशी कम्पनीहरूलाई उछिनेर नेपाली कम्पनीलाई नै नेपालमा स्थापित गराउने कम्पनीको उद्देश्य रहेको जेनिसको भनाइ छ । उनी भन्छन्, ‘नेपाली कम्पनीलाई नै स्थापित गराउनु हाम्रो उद्देश्य हो । हामीहरूमा मार्केटिङको साघुँरो कन्सेप्टबाट बाहिर निस्किनुपर्छ, जहाँ कस्टमर छ त्यहाँ कम्पनीले गर्नुपर्छ भन्ने हाम्रो सोच हो । हामीले आउटडोर मार्केटिङ गरी फेसबुक इन्स्टाग्राममा पोस्ट गरेर मात्रै हुँदैन भन्ने मनशायका साथ हामीले यसलाई आर्थिक सामाजिक प्रोजेक्टको रूपमा सुरु गरेका छौं । जसमा हामीहरू देशका विभिन्न विद्यालयमा गएर सामाजिक र नैतिक शिक्षा समेत दिइरहेको छौं ।’

यसका साथै नेपाल फिलिलीले आफ्ना भविष्यका योजनामा समेत कार्य गर्दै अघि बढिरहेको छ । ‘एनफिलिली बिजनेस डाइरेक्ट्री मात्र होइन, ई कमर्स र एसईओ अप्टिमाइज्ड मार्केटिङका लागि आएको छ । सोसियो इकोनोमी प्रोजेक्ट भनेर स्थापना गरेका हौं,’ उनले भने । स्थानीय व्यापार वृद्धिका लागि नेपालभरका सबै कस्टमरहरूलाई व्यापारीसमक्ष जोड्न कम्युनिकेसन मोडल, सामाजिक नैतिक शिक्षालगायत नेपाली अर्थतन्त्रलाई विश्वसमक्ष जोड्न कार्य गरिरहेको कम्पनीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.