विराटनगर किंग्सले लियो पोखरा एभेन्जर्सको पहिलो विकेट
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा पो पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किंग्सले पहिलो विकेट लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याउनेक्रममा पोखरा एभेन्जर्सका दिनेश खरेल आउट भएका हुन्।
४.३ ओभरमा उनी प्रतिश जिसीको बलमा अनिल खरेलबाट क्याच भए। अहिले पाँच ओभरको समाप्तिमा १ विकेटको क्षतिमा पोखरा ५२ रन बनाएर खेलिरहेको छ।
विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रन बनाएको हो। स्कट इड्वार्डले सर्वाधिक ४५ रन बनाए। उनले ३५ बलमा ५चौका प्रहार गरे। पोखरा एभेन्जर्सका लागि सागर ढकाल र रेमोन रेफरले २/२ विकेट लिए। दिनेश खरेलले १ विकेट लिए।