१० ओभरमा पोखराले बनायो ७८ रन
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले १० ओभरमा ७८ रन बनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले १० ओभरमा १ विकेटको क्षतीमा ७८ रन बनाएको हो ।
पोखराले पावरप्लेमा १ विकेटको क्षती ५९ रन बनाएको थियो । पोखराका दुई ओपनर दिनेश खरेल र एन्ड्रिस गोउसको उत्कृष्ट ४७ रनको साझेदारी गरे ।
ओपनर दिनेश खरेल ४.३ ओभरमा प्रतिश जिसीको बलमा अनिल खरेलको हातमा क्याच भए । उनले ११ बलमा १ छक्कासहित ११ रन बनाए ।
हाल क्रिजमा ओपनर एन्ड्रिज गोउस ३८ र कप्तान कुशल भुर्तेत २४ रन बनाएर खेलिरहेका छन् । यी दुवै टिमको यो पाँचौं खेल हो । दुवै टिमले १÷१ खेल जितेका छन् । तर रन रेटका आधारमा पोखरा विराटनगरभन्दा अगाडी छ ।
यी दुवैले लुम्बिनी लायन्सलाई जितेको हो । विराटनगरले पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेट, दोस्रो खेलमा सुदुरपश्चिम रोयल्ससँग ९० रनले पराजित भएको विराटनगरले तेस्रो खेलमा लुम्बिनीलाई २ विकेटले हराएको हो । चौथो खेलमा कर्णालीसँग ७ रनले पराजित भएको हो ।
पोखराले पहिलो खेलमा चितवन राइनोजसँग ८७ रन, जनकपुरसँग ७ विकेटले हारेको पोखराले तेस्रो खेलमा लुम्बिनीलाई १० विकेटले हराएको हो । चौथो खेलमा कर्णालीसँग ७ विकेटले पराजित भएको थियो ।