पोखरा र विराटनगरबीचको खेल सुपर ओभरमा
काठमाडौं : एनपीएलको पहिलो खेल सुपर ओभरमा गएर टुंगो लाग्ने भएको छ। विराटनगरका लागि अन्तिम ओभरमा १३ रन जोगाउने जिम्मेवारी वसिर अहमदले पाएका थिए । तर उनले पहिलो बल डट खाँदा दोस्रो बलमा १ रन तेस्रो बलमा छक्का र अन्तिम बलमा छक्का खाँदा खेल सुपर ओभरमा गएको हो।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनाउँदा खेल बराबरीमा पुगेको हो। त्यसपछि खेल सुपर ओभर भएको हो। सुपर ओभरमा पोखराका लागि एन्ड्रिस गोउस र रेमोन रिफर आएका थिए।
सुपर ओभरको पहिलो खेलमा रेमोन रिफरले अगाडिको २ बलमा छक्का प्रहार गर्दा तेस्रो बल डट भयो चौथो बलमा चौका, पाँचौं बलमा १ रन र अन्तिम बलमा १ रन प्रहार गर्दै सुपर ओभरमा १८ रन बनायो। सुपर ओभरका लागि विराटनगरका कप्तान सन्दीप लामिछानेले बलिङ गरेका थिए।