लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

पोखरा : कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेमाथि थप अनुसन्धान गर्न  ५ दिनको म्याद थप भएको छ।  जिल्ला अदालत कास्कीले लामिछानेसहित चारजनालाई  अनुसन्धान गर्न प्रहरीलाई ५ दिनको म्याद दिएको हो। म्याद थपका लागि बिहीबार बिहान लामिछानेसहित छविलाल जोशी,रामबहादुर खनाल र लिला पछाइलाई  अदालत उपस्थित गराइएको थियो।

सहकारी ठगी,सम्पत्ति शुद्धिकरण र संगठित अपराधमा अनुसन्धानका लागि लामिछानेसहित चारैजना कास्की प्रहरी हिरासतमा  छन्। 

सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध पाँच जिल्लामा उजुरी परेको थियो। उनीविरुद्ध  कास्की,काठमाडौं,चितवन,रुपन्देही र पर्सामा उजुरी परेको थियो। पाँचवटै जिल्लामा उनीसँग बयान लिइसकेको छ। बयान सकिएकाले प्रहरीले उनीविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ।

उनीविरुद्ध प्रहरीले सहकारी ठगी,सम्पत्ति शुद्धिकरण र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ। सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि वीरगन्ज ल्याइएका लामिछानेलाई बयान सकिएपछि बुधबार पोखरा पठाएको थियो। 

वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा रकम अपचलन गरेको प्रकरणमा लामिछानेको बयान मंगलबार सकिएपछि बुधबार हवाईमार्गबाट पोखरा पठाएको हो। सहकारीको रकम गोरखा मिडियाबाट अपचलन गरेको आरोपमा  प्रहरीले कार्तिक २ गते काठमाडौंमा पक्राउ गरी पोखरा लगेको  थियो।

सहकारी ठगी प्रकरणमा लामिछानेलाई अनुसन्धानका लागि यसअघि रुपन्देही ,काठमाडौं र चितवनका जिल्ला प्रहरी कार्यालयमा लगिएको थियो। संसदीय समितिको प्रतिवेदनले पोखराको सूर्यदर्शन,बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था,काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था,वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहरकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोरखा मिडियामा लगेर अपचलन गरेको लामिछानेमाथि आरोप छ।

सहरकारी विशेष छानबिन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई,तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, सदस्य कुमार रम्तेल र सञ्चालक छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको थियो।  सहकारीको रकम अपचलनको मुख्य योजनाकार मानिएका जिबी राई भने फरार छन्। 

सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालिको खातामा आएको र उक्त रकम खर्च गर्ने प्रक्रियामा लामिछानेसमेतको सहभागिता देखिएको समितिले ठहर गरेको थियो।

गोरखा मिडिया नेटवर्कमा देशभरिका ९ वटा सहकारीको रकम अपचलन भएको समितिले निष्कर्ष निकाले छ। प्रतिवेदनमा उल्लेख भएअनुसार गोरखा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन,बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, वीरगन्जको सानोपाइलाको रकम अपचलन भएको छ। त्यस्तै इमेज, समानता, सुमेरू र आइएमईबाट पनि गोरखा मिडियामा रकम अपचलन भएको प्रतिवेदनमा उल्लेख छ। ती सहकारीका सञ्चालक र निर्णय प्रक्रियामा संलग्न सबैलाई कानुन विपरीतको कार्य गरेकाले कारबाहीका लागि सम्बन्धित निकायमा पठाउन समितिले सरकारलाई सिफारिस गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.