काठमाडौंको आठौं विकेट पतन
काठमाडौं : नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजको आठौं विकेट पतन भएको छ। गेर्हार्ड इरासमस २० रन बनाएर पेभेलियन फर्किएका छन्। उनले २२ बलमा २ चौका प्रहार गरे।
यसअघि स्टेफेन इस्किनाजी १७ रन बनाएर आउट भएका थिए। त्यसबाहेकका खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। जनकपुरका लागि ललित राजबंशीले ३, मोहम्मद मोसिनले २ विकेट लिए।