जापान पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं : जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पर्सा ठोरी गाउँपालिका-४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने ४५ वर्षीय विष्णु लोप्चनलाई प्रहरीले पक्राउ गरेको हो।
विष्णुले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१५ बाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।