जनकपुर हाबी हुँदा काठमाडौं १०१ रनमा अलआउट
काठमाडौं : नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सलाई १०२ रनको लक्ष्य प्रस्तुत गरेको छ। टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा १०१ रन बनाएर अलआउट भएको हो।
काठमाडौंका लागि गेरहार्ड इरास्मस सर्वाधिक २० रन बनाए। उनले २२ बलमा २ चौका प्रहार गरे। यसअघि पावरप्लेमा २ विकेट गुमाउँदै ३५ रन बनाएको काठमाडौंले पहिलो विकेटका रूपमा ओपनर माइकल लेभिटलाई २.३ ओभरमा गुमायो। उनलाई किशोर महतोले मोहम्मद मोसिनको हातमा क्याच गराए। उनले ६ बलमा १ छक्का प्रहार गरेका ८ रन बनाउँदै आउट भए।
दोस्रो विकेट भिम सार्कीको विकेट गुम्यो उनले ११ बलमा १ चौकासहित ४ रन बनाउँदै मोहम्मद मोसिनको बलमा अनिल शाहको हातमा क्याच भए। काठमाडौंले १० ओभरमा ४ विकेट गुमाउँदै ५४ रन बनाएको थियो । त्यसपछि मिडलअर्डर भने काठमाडौंको कोल्याप्स भयो
अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न नसक्दा कप्तान करण केसीले १३ बलमा २ चौका र १ छक्कासहित १९ रन बनाउँदै शेर मल्लको बलमा विकेटकिपर लाहिरु मिलान्थाबाट स्टम्पिङ आउट भए।
जनकपुरका लागि ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए। उनले प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा अग्रस्थानमा रहेका छन्। त्यस्तै शेर मल्लले पनि आजको खेलमा ३ विकेट लिए । मोहम्मद मोसिनले २ विकेट लिँदा किशोर महतो र अरनिको यादवले १/१ विकेट लिए। आजको खेल जितेमा जनकपुर बोल्ट्स प्लेअफ पुग्नेछ।
काठमाडौंले ४ खेलमा २ हार र २ जित दर्ता गरेको छ। यो काठमाडौंको पाँचौं खेल हो। जनकपुरको भने यो छैटौं खेल हो। जसमा जनकपुरले ४ जित र १ हारसहित ५ खेल सकेको थियो।