डोल्पाका ज्येष्ठ नागरिकलाई सहयोग

डोल्पाका ज्येष्ठ नागरिकलाई सहयोग
सुन्नुहोस्

डोल्पा : डोल्पाको ठुलिभेरी नगरपालिका-७ जुफालका ३६ जना वृद्धवृद्धालाई सम्मान र सहयोग गरिएको छ। वडा भित्रका सत्तरी वर्ष नाघेका वृद्धवृद्धा र असहाय नागरिकलाई सम्मानसँगै सहयोग गरिएको हो।

वृद्धवृद्धाहरुलाई फाइबर सिरक,  इलेक्ट्रोनिक जग, च्यवनप्राश लगायतका सामग्रीहरू वितरण गरिएको वडाध्यक्ष धुव्र विक्रम शाहीले जानकारी दिए।

वडावासी ज्येष्ठ नागरिक अभिभावक हाम्रो पहिचान, वडावासी ज्येष्ठ नागरिकलाई सहयोग र सम्मान भन्ने नाराका साथ यस वर्षबाट कार्यक्रमको सुरु गएिकाले अब प्रत्येक वर्ष वडाले यस्तो कार्यक्रम गर्ने उनको भनाइ छ।

त्यति मात्र नभइ अशक्त, असहायका लागि स्थानीय सरकार छ भन्ने दिन यो कार्यक्रम गरिएको र अन्य वडाले पनि सिक्नुपर्ने शाहीले बताए। डोल्पामा हिउँद सुरु भएर अत्याधिक चिसो बढेकाले न्यानो सिरक र बिजुली बत्तीबाट पानी तताएर पिउन सहज होस भनेर इलेक्ट्रोनिक जग बाँडिएको वडाले जनाएको छ। वडाको प्रशासनिक खर्चबाट ज्येष्ठ नागरिकलाई सहयोग गरिएको हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.