काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य प्रस्तुत गरेको छ। टीयु क्रिकेट मैदानमा जारी खेलमा टस जितेर फिल्डिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन जोडेको हो।
कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन जोडे । उनले ३० बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४४ रन जोडेका हुन् । त्यसैगरी अर्जुन घर्तीले २५ बलमा दुई चौका र १ छक्काको सहयोगमा २५ रन बनाए ।
ओपनर बाबर हायातले २२ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडे । त्यसैगरी अर्का ओपनर देव खनाल ३ रनमा आउट भए । चालडिक वाल्टनले १३ रन जोड्दा गुलसन झा ८ रनमा आउट भए । कप्तान सोमपाल कामीले ७ रन जोडे ।
१२९ रनको लक्ष्यका साथ लुम्बिनी मैदानमा उत्रिदैछ। एनपीएलको प्लेअफबाट लुम्बिनी बाहिरिसकेको छ भने कर्णाली कायमै छ।
प्रतिक्रिया दिनुहोस !