चितवनको चौथो विकेट पतन, १० ओभरमा बनायो ६४ रन
काठमाडौं : नेपाल प्रिमियर लिगमा चितवन राइनोजले १० ओभरको समाप्तिमा ६४ रन बनाएको छ। विराटनगर किंग्सले दिएको १८२ रनको लक्ष्य पछ्याइरहेको चितवनले ३ विकेटको क्षतिमा ६४ रन बनाएको हो।
चितवनका लागि सन्तोष कार्की २८ रन, रवि बोपारा २० रन र हसन इसाखिल ५ रन बनाएर पेभेलियन फर्किएका हुन्।
यसैबीच चितवनको चौथो विकेट पनि पतन भएको छ। बसिल हमिद १ रनमा आउट भएका हुन्।
प्रतिक्रिया दिनुहोस !