काठमाडौंले टस जितेर पोखराविरुद्ध बलिङ गर्दै
काठमाडौं : नेपाल प्रिमियर लिगमा काठमाडौं गोर्खाजले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। टियु क्रिकेट मैदानमा शनिबारको पहिलो खेलमा कप्तान करण केसीले पोखरा एभेन्जर्सविरुद्ध बलिङ गर्ने निर्णय गरेको हो।
प्लेअफमा पुग्न दुवै टोलीका लागि यो खेल जित्नैपर्ने हुन्छ। दुवै टोलीले दुई खेल जितेर ४-४ अंक बटुलेको छ।
प्रतिक्रिया दिनुहोस !