१० ओभरमा पोखराले बनायो ६९ रन

१० ओभरमा पोखराले बनायो ६९ रन

काठमाडौं : नेपाल प्रिमियर लिगको जारी खेलमा १० ओभरको समाप्तिमा पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाजविरुद्ध ६९ रन बनाएको छ।
 
टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले पावरप्लेमा ओपनर एन्ड्रिज गोउसलाई गुमाएको हो। उनी ५ बलमा खाता नै नखोली बाहिरिए। उनलाई गेरहार्ड इरास्मसको बलमा माइकल लेभिटको हातमा क्याच भए। 

दोस्रो विकेट ओपनर दिनेश खरेल २४ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ३८ रन बनाउँदै पावरप्लेको अन्तिम बलमा रासिद खानबाट एलबीडब्ल्यु आउट भए। 

पावरप्लेमा पोखराले २ विकेट गुमाउँदै ४४ रन बनाएको थियो। १० ओभरमा थप १ विकेट गुमाउँदै पोखरा ३ विकेटको क्षतिमा ६९ रन बनाएर खेलिरहेका छ। 

कप्तान कुशल भुर्तेल ७ रन बनाउँदै कुशल भुर्तेल बोल्ड आउट भए। हालः क्रिजमा दिलिप नाथ १२ रन र अकर्षित गोमेल ५ रनमा खेलिरहेका छन्।

आजको दोस्रो खेल चितवन राइनोज र जनकपुर बोल्ट्सबीच हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.