काठमाडौंले पोखरालाई ६ विकेटले हरायो, प्लेअफ पुग्ने सम्भावना बढ्यो
काठमाडौं : नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ। टियु क्रिकेट मैदानमा पोखराले दिएको १३९ रनको लक्ष्य काठमाडौंले १४ ओभरमै पूरा गर्यो।
जितसँगै काठमाडौंले प्लेअफ सम्भावना बलियो बनाएको छ भने पोखराका लागि प्लेअफ सम्भावना निकै झिनो बनेको छ।
काठमाडौंका लागि स्टेफेन इस्कीनजीले सर्वाधिक ६० रन बनाए। ३४ बलमा उनले १० चौका प्रहार गरे। त्यस्तै माइकल लेभिटले ३२ रन, भीम सार्कीले २२ रन र करण केसीले १ रन बनाए। गेहार्ड इरासम २५ रन र रासिद खान १ रनमा अविजित रहे। पोखराका लागि विपिन खत्रीले ३ र माइकल लिस्कले १ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित ओभरको खेलमा ८ विकेटको क्षतिमा १३८ रन बनाएको थियो।
पोखराका लागि रेमोन रेफरले ३० बलमा १ चाौका र ३ छक्कासहित ४१ रनमा अविजित रहे। ओपनर दिनेश खरेलले ३८ रन बनाए। उनले २५ बलमा ६ चौका र १ छक्का प्रहार गरे।
पोखराले पहिलो ओभरको चौथो बलमा ओपनर एन्ड्रिज गोउसलाई गुमायो। उनी ५ बलमा खाता नै नखोली बाहिरिए। उनलाई गेरहार्ड इरास्मसको बलमा माइकल लेभिटको हातमा क्याच भए। दोस्रो विकेट ओपनर दिनेश खरेल २४ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ३८ रन बनाउँदै पावरप्लेको अन्तिम बलमा रासिद खानबाट एलबीडब्ल्यु आउट भए।
कप्तान कुशल भुर्तेल ७ रन बनाउँदै बोल्ड आउट भए। चौथो विकेट आकर्षित गोमेलको गयो। पाँचौं विकेट दिलिप नाथ १५.४ ओभरमा २७ रन बनाउँदै रासिद खानबाट बोल्ड आउट भए।
छैटौं र सातौं विकेट करण केसीले माइकल लिस्क र नारयण जोशीको लिए। १६.१ र १६.२ मा लगातार विकेट गएको पोखराको आठौं विकेट पनि करणले नै लिए। आठौं विकेटको रूपमा विपिन खत्रीको विकेट गयो। उनले ६ बलमा ४ रन बनाए। नवौं विकेटका लागि रेमोन रेफरसँग सागर ढकालले १९ रनको साझेदारीसहित १ रनमा अविजित रहे।
काठमाडौंका लागि रासिद खान र करण केसीले समान ३/३ विकेट लिए। गेरहार्ड इरास्मस र माइकल लेभिट १/१ विकेट लिए। आजको दोस्रो खेल चितवन राइनोज र जनकपुर बोल्ट्सबीच हुनेछ।