जेम्स स्कुलमा सुरु भयो ‘दोस्रो थन्डरबोल्ट्स कप २०२४’

जेम्स स्कुलमा सुरु भयो ‘दोस्रो थन्डरबोल्ट्स कप २०२४’
सुन्नुहोस्

ललितपुर : उपत्यकाभित्र र बाहिरका गरी १ सय ४० भन्दा बढी विद्यालय र ४ हजारभन्दा बढी विद्यार्थीहरूको सहभागिता रहने दोस्रो थन्डरबोल्ट्स कप २०२४ खेलकुद महामेला शनिबारबाट ललितपुरस्थित जेम्स स्कुलको खेलमैदानमा सुरु भएको छ। थन्डरबोल्ट्स कप २०२४ खेलकुदको उद्घाटन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष  जीवनराम श्रेष्ठले  गरे। 

प्रतियोगिता उद्घाटन समारोहमा ललितपुरका प्रमुख जिल्ला अधिकारी  रमेश ढकाल, जेम्स स्कुलका  संस्थापक अध्यक्ष राजेश खड्का,  नेपाल जुडो तथा बक्सिङ संघका संस्थापक अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, शिक्षा विकास तथा समन्वय एकाइ ललितपुरका  प्रमुख निमप्रकाश सिंह राठौर र प्याब्सनका उपाध्यक्ष कृष्ण अधिकारीको उपस्थिति थियो। समारोहमा भाग लिन विभिन्न विद्यालयका संस्थापक तथा प्रिन्सिपललगायत विभिन्न खेलकुदसँग सम्बन्धित पदाधिकारीहरू आएका थिए। 

‘सपना देख, विश्वास गर, प्राप्ति गर’ भन्ने मूल नारालाई हृदयमा राख्दै जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागले यो प्रतियोगिताको आयोजना गरेको हो। यस थन्डरबोल्ट्स कप २०२४ अन्तर्गत विभिन्न खेल र बहुविधामा विजेता भइ सबैभन्दा बढी अंक प्राप्त गर्ने विद्यालयलाई ५ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ।

यस प्रतियोगिताको मुख्य उद्देश्य नेपालका विद्यालयबीच बलियो खेल संस्कृति र सौहार्दताको विकास गर्ने रहेको छ। 

थन्डरबोल्ट्स डेभलप्मेन्ट सेन्टरद्वारा प्रायोजित र फोटोनद्वारा समर्थित यस मेगा इभेन्ट्स खेलकुद प्रतियोगिताका साझेदार संस्थाहरूमा मिडिया पार्टनर अन्नपूर्ण पोष्ट्, हेल्थ पार्टनर हयाम्स अस्पताल, हिमालयन बैंक लिमिटेडलगायत अन्य धेरै प्रतिष्ठित कम्पनीहरू रहेका छन्। शनिबारबाट सुरु भएको खेलकुद पुस ९ गते समापन हुने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.