विराटनगरको पाँचौं विकेट पतन
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले १० ओभरमा ६१ रन बनाएको छ। टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १० ओभरमा ४ विकेट गुमाउँदै ६१ रन बनाएको हो।
विराटनगरले तेस्रो ओभरको चौथो बलमा ओपनर लोकेश बमलाई गुमायो। उनी ८ रन बनाउँदै डान डाउथवेटबाट एलबीडब्ल्यु आउट भए। दोस्रो विकेटका रूपमा विराटनगरले तेस्रो क्रमका ब्याटर निकोलस क्रिटोनलाई १२ रनमा गुमायो। उनी १० बलमा २ चौका प्रहार गर्दै रन आउट भए।
तेस्रो विकेटका रूपमा ओपनर दिपक बोहोरालाई दिपेश कँडेलले एलबीडब्ल्यु आउट गरे। उनले २४ बलमा २ चौकासहित २० रन बनाए। चौथो विकेट स्कोट इड्वार्डको गयो। उनले १४ बलमा १ चौकासहित १५ रन बनाएर गेरहार्ड इरास्मसबाट बोल्ड आउट भए। बसिर अहम १रन र इस्मात अलाम १ रनमा खेलिरहेका छन्।
काठमाडौंका लागि डान डाउथवेट, दिपेश कँडेल र गेरहार्ड इरास्मसले समान १/१ विकेट लिए। लिग चरणको दुवै टिमको यो अन्तिम खेल हो।
यसैबीच विराटनगरको पाँचौं विकैट पतन भएको छ। इस्मत आलम ५ रन बनाएर पेभेलियन फर्किए।