विराटनगरले काठमाडौंलाई दियो ११८ रनको लक्ष्य

विराटनगरले काठमाडौंलाई दियो ११८ रनको लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले काठमाडौं गुर्खाजलाई ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङ गरेको विराटनगर १ बल अगावै ११७ रनमा अलआउट भएको हो।

विराटनगरका लागि राजेश पुलामी मगरले सर्वाधिक २५ रन बनाए। उनले २० बलमा १ चौका र १ छक्का प्रहार गरे। विराटनगरले तेस्रो ओभरको चौथो बलमा ओपनर लोकेश बमलाई गुमायो। उनी ८ रन बनाउँदै डान डाउथवेटबाट एलबीडब्ल्यु आउट भए।
 

दोस्रो विकेटका रुपमा विराटनगरले तेस्रो क्रमका ब्याटर निकोलस क्रिटोनलाई १२ रनमा गुमायो। उनी १० बलमा २ चौका प्रहार गर्दै रन आउट भए। 

विराटनगरले पावरप्लेमा २ विकेट गुमाउँदै ४५ रन बनाएको थियो। तेस्रो विकेटका रूपमा ओपनर दिपक बोहोरालाई दिपेश कँडेलले एलबीडब्ल्यु आउट गरे । उनले २४ बलमा २ चौकासहित २० रन बनाए। चौथो विकेट स्कोट इड्वार्डको गयो। उनले १४ बलमा १ चौकासहित १५ रन बनाएर गेरहार्ड इरास्मसबाट बोल्ड आउट भए। 

त्यसपछि पाँचौं, छैटौं, सातौं र आठौं विकेट सस्तैमा गए। नवौं विकेटका लागि सुवास भण्डारी र राजेश पुलामी मगरले २७ रनको साझेदारी गरे। नवौं विकेटका रुपमा राजेश पुलामी मगर आउट करण केसीको बलमा भिम सार्कीको हातमा क्याच भए। अन्तिम विकेटका रूपमा अनिल खरेल १९.५ ओभरमा रन आउट हुँदा विराटनगर किंग्स ११७ रनमा अलआउट भएको हो।

काठमाडौंका लागि गेरहार्ड इरास्मसले सर्वाधिक ३ विकेट लिए। दिपेश कँडेलले २ विकेट लिँदा साहब आलम, करण केसी र डान डाउथवेले समान १/१ विकेट लिए। आजको दोस्रो खेल सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सुबीच हुनेछ। 

लिग चरणको दुवै टिमको यो अन्तिम खेल हो। काठमाडौंले आजको खेल राम्रो रनरेटले जितेको खण्डमा काठमाडौंको शीर्ष चारमा पुग्न सक्ने सम्भावना रहन्छ भने विराटनगर भने शीर्ष ४ को दौडबाट बाहिरिइसकेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.