नयाँ इलेक्ट्रिक कार 'जेएमईभी जीएसई' बजारमा
काठमाडौं : जगदम्बा ग्रुपअन्तर्गतको सौर्य अटोमोबाइल्सले नयाँ इलेक्ट्रिक गाडी जीएसई लञ्च गरेको छ। सो सेडान कारको मूल्य ५३ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ।
कारमा ४९ किलोवाट आवरको ब्याट्री तथा ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ। सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिने दाबी गरिएको कारको ग्राउन्ड क्लिरियन्स १७० मिलिमिटर छ। जीएसईमा प्यानारोमिक मुनरुफ, १०.२५ र १२.३ इन्चको पानारोमिक एचडी ड्यूल स्क्रिन, ३६० डिग्री क्यामेरा, मिसेलिन टायर, सिल्भर हुक एलइडी हेडलाइट, कनेक्टेड इलेक्ट्रिक डोर ह्यान्डल, क्लोजअफ ग्रिल, एलइडी डेटाइम रनिङ लाइट जस्ता विशेषता छन्।
जेएमईभी सन् २०१५ मा स्थापना भएको चीनको उद्योग र सूचना प्रविधि मन्त्रालयबाट ईभी उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने पहिलो कम्पनी हो। हाल यो कम्पनीमा फ्रेन्च अटो निर्माता रेनोको ५० प्रतिशत हिस्सा रहेको छ। यो कम्पनीले उत्पादन गर्ने कार लक्जरी र पर्फमेन्सका लागि उत्कृष्ट मान्ने गरिन्छ।
यो कुनै साधारण गाडी मात्रै नभएर यो नवपर्यावहन, विलासिता र जिम्मेवारीको प्रतीक भएको सौर्य अटोमोबाइल्स प्रालिका कार्यकारी निर्देशक अखिल गुप्ताले बताए।
यो गाडी नेपाल ल्याउन पाउँदा उत्साहित भएको उनको भनाइ थियो। सौर्य अटोमोबाइल्सका महाप्रबन्धक अधिरकुमार श्रेष्ठका अनुसार १७१ मिमी ग्राउन्ड क्लियरेन्स, ४२० किलोमिटर रेन्ज र अत्याधुनिक सुविधाहरूका साथ यो गाडीले विद्युतीय सवारीसाधनको बजारमा नयाँ अपेक्षा स्थापना गरेको छ। यो सेडान सवारीसाधन मात्रै होइन यो नेपालको विद्युतीय सवारीसाधनको परिदृश्यलाई परिवर्तन गर्ने गेम चेन्जर हो।