कुनको कति समायोजन ?

पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो

पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो
सांकेतिक तस्बिर ।

काठमाडौं : नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य बढाएको छ। निगमले आज प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको जानकारी दिएको हो।

निगमका अनुसार डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँले घटेको छ। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत् राखिएको निगमले जनाएको छ। 

निगमका अनुसार अब काठमाडौं, पोखरा र दिपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोल हाल्दा प्रतिलिटर १६२ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै, सुर्खेत र दाङ डिपो अन्तर्गतको क्षेत्रमा पेट्रोल १६१ रुपैयाँ र डिजेल तथा मट्टितेल १५० रुपैयाँ कायम भएको छ। बाँकी क्षेत्रमा पेट्रोल १५९.५० रुपैयाँ र डिजेल मट्टितेल १४८.५० रुपैयाँ पर्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.