सुनको मूल्य फेरि बढ्यो,चाँदी स्थिर
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज फेरि बढेको छ। अघिल्लो दिन आइतबार २२ सय रुपैयाँले घटेको सुन आज प्रतितोलामा ४ सय रुपैयाँले बढेको हो।
नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार सोमबार ४ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ५१ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
अघिल्लो दिन प्रतितोला सुन १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने स्थिर रहेको छ। महासंघका अनुसार आज प्रतितोला चाँदी १ हजार ८ सय ४० मा रुपैयाँमा कारोबार भइरहेको छ।