प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १.७० अंकले बढेर २६८३.९९ विन्दुमा पुगेको हो।
आइतबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार भएन। कारोबारमा आएका ४४ स्क्रिप्सको २ हजार ७१७ कित्ता सेयर १९ लाख ५६८ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएका स्टक्समध्ये १६ वटाको मूल्य बढ्यो भने २३ वटाको घट्यो। बाँकी ५ स्कटक्सको मूल्य भने स्थिर रह्यो।