१० ओभरमा कर्णालीले बनायो ७९ रन
काठमाडौं : नेपाल प्रिमियर लिगको जारी खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध १० ओभरमा ७९ रन बनाएको छ।
टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले पावरप्लेमा २ विकेट गुमाउँदै ४९ रन बनाएको थियो। त्यसपछि भने कुनै पनि विकेट नगुमाउँदै कर्णालीले ७९ रन बनाएको छ।
कर्णालीले पहिलो विकेटका रूपमा रित गौतमलाई दोस्रो ओभरको पहिलो बलमा डक आउटको रूपमा गुमायो। दोस्रो विकेट ४.६ ओभरमा जिसन मक्सुदको गयो। मक्सुदले १२ बलमा १ चौकार १ छक्कासहित १४ रन बनाएर शरद भेषावकरको बलमा रञ्जित कुमारबाट क्याच भए।
हालः क्रिजमा जय किसान कोल्सावाला ४६ र विलियम वासिस्टो १९ रन बनाएर खेलिरहेका छन्। यी दुईले तेस्रो विकेटका लागि ४४ रनको साझेदारी गर्दै खेलिरहेका छन्।
चितवनका लागि सोहिल तनवीर र शरद भेषवाकरले समान १/१ विकेट लिएका छन्। कर्णालीले हिजोमात्रै जय किसान कोल्सावालालाई भारतबाट ल्याएको हो। यो एलिमिनेटर खेल हो। यो खेल जित्ने टिमले दोस्रो क्वालिफायर खेल्नेछ भने हार्ने टिम उपाधि होडबाट बाहिरिनेछ।