कर्णालीको चौथो विकेट पतन, गुल्शन शून्यमै आउट
काठमाडौं : नेपाल प्रिमियर लिगको एलिमिनेटर खेलमा कर्णाली याक्सको चौथो विकेट पतन भएको छ। गुल्शन झा शून्य रनमै आउट भएका छन्। चितवनका कप्तान कुशल मल्लले उनको विकेट लिएका हुन्।
यसअघि जय किसन कोल्सावालाले अर्धशतक प्रहार गर्दै ५३ रन बनाएर पेभेलियन फर्किएका थिए। रवि बोपारा उनलाई क्याच आउट गराएका थिए।
त्यसअघि जिसन मक्सुद १४ रन बनाएर पेभेलियन फर्किए। चितवनका शरद भेषावकरले उनको विकेट लिए। कर्णालीका रित गौतम भने डकआउट भए। सोहिल तनवीरले उनको विकेट लिए