कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य

कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिगको एलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ओभरको खेलमा ६ विकेटको क्षतिमा १७५ रन बनाएको हो। 

कर्णालीका लागि जयकिसन कोल्सावाला र विलियम वासिस्टो अर्धशतकीय पारी खेले। ओपनर कोल्सावालाले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले। उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। विलियम वासिस्टोले ३९ बलमा ३ चौका र २ छक्कासहित ५२ रन बनाउँदै सोहिल तान्भिरबाट पाँचौं विकेटको रूपमा पेभेलियन फर्किए। 

कर्णालीले पहिलो विकेटका रूपमा रित गौतमलाई दोस्रो ओभरको पहिलो बलमा डक आउटको रूपमा गुमायो । दोस्रो विकेट ४.६ ओभरमा जिसन मक्सुदको गयो। मक्सुदले १२ बलमा १ चौकार १ छक्कासहित १४ रन बनाएर शरद भेषवाकरको बलमा रञ्जित कुमारबाट क्याच भए। 

त्यस्तै तेस्रो विकेट जयकिसन कोल्सावालाको गयो। उनले ३९ बलमा ६ चौका र २ छक्कासहित ५३ रन बनाउँदै रवि बोपाराको बलमा शरद भेषवाकरको हातमा क्याच भए। चौथो कर्णालीका लागि गुल्सन झा डक आउट भए। पाँचौं विकेटका लागि विलियम वासिस्टो र चाड्विक वाल्टनले ६७ रनको साझेदारप् गर्दै कर्णालीको मिडल अर्डर बलियो बनाए। 

त्यस्तै छैटौं विकेटका रूपमा देव खनाल रन आउट भए। चाड्विक वाल्टन ४६ रन र सोमपाल कामी शून्यमा अविजित रहे। चितवनका लागि सोहिल तनवीरले सर्वाधिक २ विकेट लिए। कुशल मल्ल, रवि बोपारा र शरद भेषवाकरले समान १/१ विकेट लिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.