पावरप्लेमा चितवनले गुमायो ३ विकेट

पावरप्लेमा चितवनले गुमायो ३ विकेट

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटर खेलमा चितवनले ४७ रन बनाएको छ। टियु क्रिकेट मैदानमा कर्णालीविरुद्ध चितवनले पावरप्लेमा ३ विकेट गुमाउँदै ४७ रन बनाएको हो।

चितवनले पहिलो ओभरको पाँचौं बलमा हसन इसाखिललाई १ रनमै गुमायो। उनलाई सोमपाल कामीले गुल्सन झाको हातमा क्याच गराए। दोस्रो विकेट अर्का ओपनर विपिन रावलको गयो। उनले १० बलमा ४ चौकासहित १८ रन जोड्दै क्याच आउट भए। 

तेस्रो विकेट लुक बेन्केन्स्टाइनलाई जिसन मक्सुदले बोल्ड गरे। उनले १३ बलमा १ चौका र १ छक्कासहित १६ रन जोडे। हालः क्रिजमा कप्तान कुशल मल्ल १० रवि बोपारा शून्यमा खेलिरहेका छन्। 

कर्णालीका लागि सोमपाल कामीले २ विकेट लिए। जिसन मक्सुदले १ विकेट लिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.