दीपेन्द्रसिंह ऐरीले लिए जनकपुर बोल्ट्सको पहिलो विकेट
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सको पहिलो विकेट गएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाको कप्तान दीपेन्द्रसिंह ऐरीले विकेट लिएका हुन्।
२.५ ओभरमा कप्तान दीपेन्द्रसिंह ऐरीले उनलाई आउट गरे। मिलन्थाले १४ बलमा १२ रन बनाए। जनकपुर बोल्ट्स ३ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा १९ रन बनाएर खेलिरहेको छ।
जनकपुरका कप्तान आसिफ शेखले सुदूरपश्चिमलाई बलिङको निम्तो दिएका हुन्। समूह चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो। आजको खेलको विजेता टोली फाइनलमा पुग्नेछ।