जनकपुर बोल्ट्सको तेस्रो विकेट पतन
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सको तेस्रो विकेट गएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ जनकपुर बोल्ट्सका शुभ कंसाकारलाई कप्तान दीपेन्द्रसिंह ऐरीले रन आउट गरेका हुन्।
आठौं ओभरको अन्तिम बलमा उनी पेभेलियन फर्किएका हुन्। उनले २४ बलमा २६ रन बनाए। अजनकपुर बोल्ट्स ९ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा ५९ रन बनाएर खेलिरहेको छ।
पहिलो क्वालिफार्यसमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पावरप्लेमा ३७ रन बनाएको थियो। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निर्णय लिएको जनकपुरले ६ ओभरमा २ विकेट गुमाउँदै ३७ रन बनाएको हो।
जनकपुरका लागि पहिलो विकेटका रुपमा लाहिरु मिलान्थालाई गुमायो। मिलान्थालाई दिपेन्द्र सिंह ऐरीले १२ रनमा एलबीडब्ल्यू गर्दै पेभेलियन फर्काए। मिलान्थाले १४ बलमा ३ चौका प्रहार गरेका हुन्।
दोस्रो विकेट कप्तान आसिफ शेखको गयो। उनलाई सैफ जैबले बोल्ड आउट गरेका हुन्। उनले १० बलमा २ चौका प्रहार गर्दै ११ रन बनाए। सुदूरका लागि दिपेन्द्र सिंह ऐरी र सैफ जैबले समान १/१ विकेट लिए।
जनकपुरका कप्तान आसिफ शेखले सुदूरपश्चिमलाई बलिङको निम्तो दिएका हुन्। समूह चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो। आजको खेलको विजेता टोली फाइनलमा पुग्नेछ।