चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

झापा : चर्च ब्वाइज युनाइटेड झापा कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बिर्तामोडको डोमालाल रंगशालामा जारी प्रतियोगितामा चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३–० गोलले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। चर्च ब्वाइज गत वर्षको झापा गोल्डकप विजेता हो।  

चर्च ब्वाइजका लागि दीपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे। खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो। गोर्खा ब्वाइजका डिफेन्डरले क्लियर गरेको गोललाई दीपेश गुरुङले गोल गर्न सफल भए। गोलरक्षक अगाडि बढेको समयमा २५ यार्डबाट गुरुङले गरेको प्रहार गोलमा परिणत भएको थियो।

४० औँ मिनेटमा चर्च ब्वाइजले अग्रता दोब्बर बनायो। समीर तामाङको कर्नर प्रहारलाई चर्चका विदेशी खेलाडी आर्मन्डले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए। पहिलो हाफको थपिएको समयमा चर्चले गोल थपे।

कमल श्रेष्ठको फ्रिकिक प्रहारमा अर्का विदेशी खेलाडी डिकाले गोल गर्दै टिमको जित सुनिश्चित गरे। गोर्खा ब्वाइजका अधिकांश खेलाडीले खेल अवधिभर बल कन्ट्रोल गर्न सकेनन्। गोर्खा ब्वाइजको स्ट्राइकिङ लाइन फितलो देखिएको थियो। 

खेलाडीबीच तालमेल नमिल्दा गोर्खा ब्वाइज पहिलो खेलमै पराजित भएर घर फर्कियो। खेलको प्लेयर अफ द म्याच विजेता चर्च ब्वाइजका डिका भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए।

बिहीबारको खेल एनआरटी क्लब काठमाडौँ र काठमाडौँको जिल्ला लिग विजेता चित्लाङ फुटबल क्लबबीच हुने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.