पावरप्लेमा जनकपुरको कमजोर प्रदर्शन

पावरप्लेमा जनकपुरको कमजोर प्रदर्शन

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा कर्णाली याक्सले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पावरप्लेमा २६ रन बनाएको छ। टियु क्रिकेट मैदानमा जनकपुरले पावरप्लेमा ३ विकेट गुमाउँदै २६ रन बनाएको हो। जनकपुरले दुवै ओपनरलाई सस्तैमा गुमायो।
 
ओपनर शुभ कन्साकर ३ र आसिफ शेख ४ रनमा क्याच भए। तेस्रो विकेट लाहिरु मिलान्था २ रनमा क्याच हुँदा जनकपुरको ब्याटिङ धरापमा परेको हो। कर्णालीका लागि सोमपाल कामी, विपिन शर्मा र विलियम वासिस्टोले समान १/१ विकेट लिए। 

आजको खेलको विजेताले फाइनलमा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.