मध्यपुर महोत्सव पुस १२ गतेदेखि

मध्यपुर महोत्सव पुस १२ गतेदेखि
सुन्नुहोस्

भक्तपुर : आगामी पुस १२ गतदेखि भक्तपुरको मध्यपुर थिमिमा मध्यपुर महोत्सव आयोजना हुने भएको छ।

मध्यपुर थिमि नगरपालिकाले बिहीबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै नगरको स्थानीय कला, संस्कृति र सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी पुस १, १३ र १४ गते मध्यपुर महोत्सव आयोजना गर्न लागिएको जनाएको हो।

महोत्सवमा मध्यपुरथिमिको पहिचान झल्काउने सांस्कृतिक प्रस्तुतिका साथै स्थानीय पेशा, व्यवसाय, मौलिक उत्पादन, हस्तकला, माटोका भाँडालगायत प्रदर्शन गरिने मध्यपुर थिमि नगरपालिकाका प्रमुख एवं मध्यपुर महोत्सव मूल समारोह समितिका संयोजक सुरेन्द्र श्रेष्ठले बताए। 

थिमि शंखधरचोकदेखि नगदेश र बोडे हुँदै तिगनीको नीलवाराहीसम्मका ऐतिहासिक बस्ती क्षेत्रलाई प्रदर्शनी स्थलका रूपमा प्रस्तुत गरिने उनले बताए। महोत्सवका क्रममा नगरका विभिन्न स्थानमा करिब ४ सय स्टल रहने आयोजकले जनाएको छ। स्थानीय मौलिक कला संस्कृति अन्तर्गतका २५ वटा विभिन्न नाच देखाइएको नगरप्रमुख श्रेष्ठले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.