एनपीएल फाइनल : टस जितेर सुदूरपश्चिमले रोज्यो ब्याटिङ

एनपीएल फाइनल : टस जितेर सुदूरपश्चिमले रोज्यो ब्याटिङ

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले पिच राम्रो रहेकाले सुरूमा जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको बताए।

जनकपुरका कप्तान आसिफ शेखले पनि आफूहरूले टस जितेको भए ब्याटिङ नै रोज्ने बताए। 'तर, केही छैन राम्रो फिल्डिङ गर्नेछौं,' उनले भने।

पहिलो सिजनको एनपीएलको फाइनल आज टियु मैदानमा हुँदैछ। लिग चरणको खेल र पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई फराकिलो अन्तरले पराजित गरेको सुदूरपश्चिम रोयल्सले फाइनलमा पनि नतिजा दोहोर्‍याउन चाहन्छ भने जनकपुर दुई हारपछि फाइनल जित्दै उपाधि उचाल्न चाहन्छ।

के भन्छन् कप्तानद्वय?

जनकपुरसँग सचेत छौं : दीपेन्द्र

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले फाइनल प्रतिद्वन्द्वी जनकपुर बोल्ट्ससँग सचेत रहेको बताएका छन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबमार हुने नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल अघिको पत्रकार सम्मेलनमा बोल्दै दीपेन्द्रले जनकपुरसँग आफूहरू सचेत भएर खेल्ने बताएका हुन्।‘हामीले जनकपुरलाई यसअघि दुई चोटी हराएका थियौं। तर, पनि हामी जनकपुरलाई सहज रुपमा लिँदैनौं। जनकपुर पनि निकै बलियो टोली हो’, दीपेन्द्रले भने, ‘लगातार दुई खेल पराजित गरेकाले आफ्नो मनोबल भने उच्च छ। हामी त्यही मनोभाव लिएर मैदान उत्रिने छौं।’ उनले सुदूरपश्चिम उत्कृष्ट फर्ममा रहेकाले त्यसैलाई फाइनलमा पनि निरन्तरता दिने बताए।

हामी आफ्नो उत्कृष्ट दिन्छौं : आसिफ

जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले फाइनलमा आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरे। ‘सुदूरपश्चिमसँगको अघिल्ला दुई खेल हाम्रो पक्षमा थिएन। यो कुरा हामीले राम्रोसँग बुझेका छौं’, आसिफले भने, ‘फाइनलमा पुगेपछि विगतको प्रदर्शनले खासै अर्थ राख्दैनन्। विगतमा जे भयो भयो, जसरी पनि उपाधि जित्न नयाँ रणनीतिसहित मैदानमा उत्रिने छौं।’ उनले सुदूरपश्चिमगसँग बदला लिनका लागि नभई उपाधि जित्न मैदान उत्रिने बताए। ‘हामी बदला लिने भावना बोकेर मैदानमा उत्रिँदैनौं। सुदूरपश्चिमसँगको दुवै खेलमा हामीले राम्रो प्रदर्शन गर्न सकेनौं। त्यो हारको समीक्षा गरेका छौं। हामी उत्कृष्ट क्रिकेट खेल्न चाहन्छौं। अघिल्ला दुई खेलमा हारबाट पाठ सिकेका छौं। आत्तिएका छैनौं’, आसिफले भने, ‘हामीले पछिल्ला दुई खेलमा हाम्रो राम्रो ब्याटिङ चल्न सकेन। हामीसँग अनुभवी र युवा खेलाडीको कमी छैन। त्यसैले फाइनलमा सुधारिएको ब्याटिङ  गछौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.