सुदूरपश्चिमको पहिलो विकेट पतन
पुष ६, २०८१ शनिबार १३:२८:३४
काठमाडौं : नेपाल प्रिमियर लिगको फाइनलमा सुदूरपश्चिम रोयल्सको पहिलो विकेट पतन भएको छ। सुदूरपश्चिमका सैफ जैब ६९ रन बनाएर पेभेलियन फर्किएका हुन्।
सैफले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे। जनकपुरका किशोर महतोले पहिलो सफलता दिलाएका हुन्।