रुवीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको रुवीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगी, वडा अध्यक्ष प्रशान्त तामाङ, उपभोक्ता समितिका अध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको हो।
यसैगरी भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका जुनियर असिस्टेन्ट मनसुन नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। नेपालले स्कूल तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवा खाएको उजुरी अख्तियारमा परेको थियो । उनले नक्क्ली प्रमाणपत्र पेश गरी जुनियर असिस्टेन्ट पदको सेवा, सुविधा र लाभ उपभोग गरेको पुष्टि भएको भन्दै अख्तियारले कैद र जरिवाना सजाय हुन माग दाबी गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।