प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.३४ अंकले बढ्यो
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.३४ अंकले बढेर २६१५.६७ विन्दुमा पुगेको छ। यो समयमा ४३ स्क्रिप्सको २ हजार ५९४ कित्ता सेयर १६ लाख ४९ हजार ७९१ रुपैयाँमा खरिदबिक्री भए।
प्रि ओपन सेसनमा कारोबारमा आएका २३ स्टक्सको मूल्य बढ्दा १४ वटाको घटेको छ। बाँकी ५ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ।