कजाकिस्तानमा ६७ जना सवार विमान दुर्घटना, २५ जनाको जीवितै उद्धार
काठमाडौं : कजाकिस्तानको अकताउ सहरमा यात्रुवाहक विमान दुर्घटना भएको छ। अजरबैजानको बाकुबाट रुसका लागि उडेको विमान दुर्घटना भएको हो।
अजरबैजान एयलायन्सको उक्त विमानमा ६७ जना सवार रहेको बताइएको छ। तीमध्ये २५ जनाको जीवितै उद्धार गरिएको एजेन्सीहरूले उल्लेख गरेका छन्।
विमानमा ६२ जना यात्रु र ५ जना क्रु सदस्य रहेका बताइएको छ।