विन्दा पाण्डे र उषाकिरणको जिम्मेवारी ६ महिनाका लागि खोसियो
काठमाडौं : नेकपा एमालेले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिनाका लागि जिम्मेवारी खोसेको छ।
बुधबार बसेको एमालेको सचिवालय बैठकले चित्तबुझ्दो स्पष्टीकरण नदिएको भन्दै ६ महिनाका लागि जिम्मेवारी खोस्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
उनका अनुसार उनीहरूले पार्टी कार्यालय निर्माणका विषयमा पार्टीको नीति विपरीत सार्वजनिक टिप्पणी गरेका थिए। यसअघि उनीहरूसँग स्पष्टीकारण माग गरिए पनि चित्तबुझ्दो जवाफ नआएको उपमहासचिव ज्ञवालीले बताए।
'केन्द्रीय कार्यालय भवन निर्माणको विषयमा उहाँहरूले पार्टीको नीतिविपरीत सार्वजनिकरूपमा टिप्पण दिनुभएको थिएन। उहाँहरूसँग स्पष्टीरण माग गरिए पनि चित्तबुझ्दो जवाफ नआएपछि जिम्मेवारीमुक्त गरिएको हो,' उनले भने।
त्यस्तै नेता भीम रावलको संगठित सदस्य खारेज गर्ने निर्णय पनि बैठकले गरेको छ।