एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
काठमाडौं : नेकपा एमालेले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ। बुधबार बसेको सचिवालय बैठकले पुस २१ र २२ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो।
पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बैठकको एजेन्डा पनि तय भएको बताए। उनका अनुसार बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरिनेछ।
त्यस्तै संगठनात्मक कामको जानकारी, सचिवालय र स्थायी कमिटी बैठकका निर्णय अनुमोदन र समसमायिक विषयमा छलफल केन्द्रित हुने उपमहासचिव ज्ञवालीले बताए।