भेरी करिडोर चाहिएको अग्रसरता

भेरी करिडोर चाहिएको अग्रसरता

भेरी नदीको किनारैकिनार सडक निर्माण गर्ने सरकारी योजना पुरानै हो । भेरी किनारमा सडक बनाउँदा तराईको बाँकेदेखि हिमालको डोल्पामात्रै जोडिन्न उत्तर छिमेकी चीनदेखि भारतसम्मकै पहुँचमार्ग तयार हुन्छ । 

भेरी करिडोर नाम दिइएको राजमार्ग ३ सय १७ किलोमिटर हुन्छ । त्यसमध्ये सुर्खेतको छिन्चुदेखि जाजरकोटसम्म १ सय ७ किलोमिटर कालोपत्र छ । खलंगादेखि रिम्नासम्मको १६ किलोमिटर पनि कालोपत्र भइसकेको छ । तर, तल्नुबगरदेखि दुनैसम्मको ६१ किलोमिटर सडकको हालत खराब छ । ट्र्याक त ७५ सालमै खुलाइएको हो । 

तर स्तरोन्नति चाहिँ भएको छैन । सडक साँघुरो छ । पहिरो ठाउँठाउँमा खसेको छ । नेपाली सेनाले ११ वर्ष लगाएर डोल्पाको दुनैसम्म ट्र्याक खुलाएको थियो । तर स्तरोन्नति भएको छैन । 

चीनसँगको नाका मोरिम्लासम्म नै भेरी करिडोर पु¥याउने लक्ष्य छ । तर त्यही गन्तव्यबीचको ल्यासिक्याप–सिसौलको ३५ किमि त ट्र्याक खुलाउनै बाँकी छ । ७५ सालमा तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले भेरी करिडोरको एउटा खण्ड उद््घाटन गर्दा २÷३ वर्षमै पूरै करिडोर निर्माण पूरा गर्ने उद््घोष गरेका थिए । तर यतिका समय बित्दा पनि धेरै काम बाँकी छ । ट्र्याक खुलाउनुपर्ने र स्तरोन्नति गर्नुपर्ने खण्डको कठिन काम नेपाली सेनाले लिइदिओस्् भन्ने स्थानीयको चाहना छ । तर मन्त्रिपरिषद््ले निर्णय नगर्दा अनिर्णयको बन्दी भएको छ भेरी करिडोरको कठिन काम । 

भेरी करिडोरको निर्माण पूरा हुँदा दुर्गम डोल्पाको सहज पहुँच बाँकी नेपालसँगमात्रै हुँदैन, त्यहाँका पर्यटकीयस्थलले पाहुना पनि पाउनेछन्् । डोल्पाको पर्यटकीय सम्भावना जति छ, त्यो उद््घाटित नहुनुमा सहज सडकमार्ग नहुनु प्रमुख कारण हो । कर्णाली प्रदेशको रणनीतिक महŒवको सडक पनि हो यो । त्यससँगै यही करिडोर पूरा नहुँदा १०६ मेगावाटको जगदुल्ला अर्ध जलाशययुक्त जलविद्युत्् आयोजना निर्माणमा पनि ढिलाइ भएको छ । त्यसमाथि भारत र चीनसँग जोड््ने सडक निर्माण पूरा भए नेपालले अरू थुप्रै व्यापारिक लाभ पनि लिन सक्थ्यो । 

कतिपय खण्ड निर्माणाधीन भए पनि त्यहाँ ठेकेदार कम्पनीहरूको सुस्तता छँदै छ । कतिपय खण्डका लागि बजेट सुनिश्चित भएको छैन । अनि ट्र्याकै खन्न पनि बाँकी रहने अवस्था बनाएर सरकारले यो राजमार्गप्रति उदासीनता देखाएको छ । सरकारी उदासीनताको अन्त्य नभएसम्म भेरी करिडोरले पूर्णता पाउन असम्भव छ ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.