कस्तो छ आगामी तीन दिनको मौसम ? कहाँ हुँदैछ वर्षा र हिमपात ?
काठमाडौं : नेपालमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विभागले जनाएको छ। तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
शुक्रबार लुम्बिनी प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रही हल्का वर्षाको सम्भावना रहेको छ। यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मध्यम वर्षा सगँसगैँ मध्यम हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा साधारणतया बदली रही मध्यम वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रमा साधारणतया बदली रही मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शनिबार सातै प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। जारी बुलेटिनमा भनिएको छ, ‘हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा सतसतै हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाे छ। तराई क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।’