भोजपुरमा स्कार्पियो दुर्घटना, १० जना घाइते

भोजपुरमा स्कार्पियो दुर्घटना, १० जना घाइते
भोजपुर नगरपालिका ५ बोखिमस्थित दुर्घटनाग्रस्त स्कार्पियो गाडी।

भोजपुर : पर्यटकीय टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा स्कार्पियो गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्। बिहीवार बिहान भोजपुर नगरपालिका ५ बोखिमको डाडाँटोलस्थित प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कार्पियो सडकबाट खस्दा दुर्घटना हुन पुगेको हो। 

चालकसहित १० जना सवार उक्त गाडी अनियन्त्रित भइ सडकबाट करिब दुई सय ५० मिटर तल खसेको थियो। घाइते हुनेमा माङ्सेबुङ गाउँपालिका ६, इलामका नविनकुमार राई, उनका साढे २ वर्षे छोरा निगेल राई र सोही स्थानकी मेनुका घले, भोजपुर नगरपालिका ५ की लाक्पादिकी शेर्पा, गौरादह नगरपालिका ७, झापाका झम्कबहादुर घले र देवीकला घले, भोजपुर नगरपालिका ५ की जुनुका राई र रामकुमार राई, धरान २ सुनसरीकी ईहायाराना सुब्बा र धरान ८ सुनसरीका चालक सुदीप लिम्बु रहेका छन्। 

घाइतेमद्ये झम्कबहादुर घले र देवीकला घलेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। घाइतेहरूलाई तत्काल जिल्ला अस्पताल भोजपुर ल्याइएको थियो। गम्भीर घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं लाने तयारी भइरहेको प्रहरी निरीक्षक दिपक श्रेष्ठले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.