टेम्पोबाट गाँजा तस्करी : चालकसहित दुईजना पक्राउ

टेम्पोबाट गाँजा तस्करी : चालकसहित दुईजना पक्राउ
तस्बिर : अन्नपूर्ण

धरान  : सुनसरी प्रहरीले अवैध लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। टेम्पोमा गाँजा लोड गरी भारततर्फ जाँदै गरेका उनीहरूलाई नेपाल भारत सीमानजिकै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमसिनाले बताए । 

सुनसरीको हरिनगरा गाउँपालिका-७ यादव टोलस्थित भित्री सडक खण्डमा देवानगञ्जबाट घुस्कीतर्फ जाँदै गरेको को १ ह २२६१ नम्बरको टेम्पोलाई चेकजाँच गर्ने क्रममा एकसय ७ केजी गाँजा बरामद गरिएको डीएसपी तिमल्सिनाले बताए।

उनका अनुसार टेम्पोमा गाँजा ओसारपसार गर्ने अटो चालक देवानगंज गाउँपालिका वडा नम्बर-२ बस्ने  २० वर्षीय आलम अन्सारी र मञ्जुल मियालाई पक्राउ गरिएको छ । पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएर थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले बताएको छ। 

धनकुटाको सहिदभूमि र साँगुरीगढी गाउँपालिकालगायतका स्थानमा उत्पादन हुने गाँजा तस्करहरूले सुनसरीको विष्णुपादुका चतरा धरानहुँदै इटहरी इनरुवा विराटनगर र भारततर्फ लगेर बिक्री गर्दै आएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.