गुल्मीमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु

गुल्मीमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु

गुल्मी : गुल्मीमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। चन्द्रकोट गाउँपालिकाको मजुवादेखि शान्तिपुर जाँदै गरेको लु १७ प १६४४ नम्बरको स्कुटर सिस्नेखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

स्कुटर दुर्घटना हुँदा चन्द्रकोट ६ का ३० वर्षीय विनोद बिक र ४० वर्षीय किरणकुमार थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए। दुर्घटनामा परेका बेहोस अवस्थामा रहेका दुवै जनाको प्राथमिक स्वास्थ्य केन्द्र जोहाङ खैरेनीले मृत घोषणा गरेको थियो। 

प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार स्कुटर बिहीबार साँझ ४:५० बजेको समयमा मजुवा–रिडी सडकखण्डमा करिब २००/२५० मिटर तल सिस्नेखोलामा खसेको थियो। स्कुटर दुर्घटना बारे सत्यवती गाउँपालिका –६ चोरकाटे बस्ने शंकर भण्डारीले प्रहरीलाई खबर गरेका थिए। दुर्घटनाको खबर पाएलगत्तै चार जना प्रहरीको टोली घटनास्थलमा खटिएको थियो। घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।  

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.