दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिविरुद्ध पनि महाअभियोग प्रस्ताव

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिविरुद्ध पनि महाअभियोग प्रस्ताव

सियोल : दक्षिण कोरियाको विपक्षी पार्टीले कार्यवाहक राष्ट्रपति हान डक–सुविरुद्ध महाभियोग प्रस्ताव दायर गरेको छ। कार्यवहाक राष्ट्रपति हानले आफ्ना पूर्ववर्तीलाई पदबाट हटाउने प्रक्रिया पूरा गर्न संवैधानिक अदालतका न्यायाधीश नियुक्त गर्न अस्वीकार गरेपछि विपक्षीले महाअभियोग प्रस्ताव दर्ता गरेको हो।

हाल निलम्बित राष्ट्रपति युन सुक योलले डिसेम्बर ३ मा सैनिक कानुन घोषणा गरेपछि दक्षिण कोरिया राजनीतिक संकटमा परेको छ। यस कार्यलाई लिएर डिसेम्बर १४ मा संसद्ले युनको अधिकार खोसेको थियो। तर, महाभियोग प्रक्रिया पूरा गर्न सांसदहरूको निर्णयलाई समर्थन गर्न संवैधानिक अदालतको फैसला आवश्यक छ।

तर, कार्यवाहक राष्ट्रपति हानले संवैधानिक अदालतको ९ सदस्यीय बेन्चलाई पूर्णता दिन तीन जना मनोनीत न्यायाधीशको नियुक्तिलाई अनुमोदन गर्न अस्वीकार गरेका थिए। त्यससँगै अनिवार्य रूपमा युनलाई हटाउने प्रक्रियालाई रोके। त्यसैले विपक्षी डेमोक्रेटिक पार्टीले अब हानलाई पनि महाअभियोग लगाउन खोजिरहेको छ।

 ‘हामीले प्रस्ताव पेस गरेका छौं। र, यसलाई आज पूर्ण अधिवेशनमा रिपोर्ट गर्ने छौं,’ सांसद पार्क सुङ– जुनले हानविरुद्धको कारबाहीबारे राष्ट्रिय सभामा पत्रकारहरूलाई भने, ‘हामी यसलाई भोलि मतदानमा राख्ने छौं।’

‘हानले तीन न्यायाधीशको औपचारिक नियुक्ति गर्न अस्वीकार गर्नुले उहाँमा संविधान कायम राख्ने इच्छा वा योग्यता छैन भन्ने प्रमाणित गर्छ,’ डेमोक्रेटिक पार्टीका फ्लोर लिडर पार्क चान–डाएले पत्रकारहरूलाई भने।

यदि अदालतले थप तीन न्यायाधीशबिना नै महाअभियोग प्रक्रिया अगाडि बढाउने हो भने हालका सबै ६ न्यायाधीश युनलाई पदबाट हटाउन सर्वसम्मतिले सहमत हुनुपर्नेछ । 

एक मात्र असहमति मतले युनलाई पुनर्बहाली गर्ने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.