संविधान कार्यान्वयनको गहन समीक्षा गरेर मात्रै संशोधनको प्रक्रिया अघि बढाउनुपर्छ : कृष्ण सिटौला

संविधान कार्यान्वयनको गहन समीक्षा गरेर मात्रै संशोधनको प्रक्रिया अघि बढाउनुपर्छ : कृष्ण सिटौला
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले वर्तमान सरकारलाई नीतिगत नेतृत्व कांग्रेसले नै दिनुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ को दोस्रो भेलामा बोल्दै सिटौलाले अहिले सरकारको नेतृत्व केपी ओलीले गरेपनि पहिलो पार्टी र विभिन्न परिवर्तनमा खेलेको भूमिकाका आधारमा कांग्रेसले नै सरकारलाई नीतिगत नेतृत्व दिनुपर्ने बताएका हुन्।

कांग्रेसकै नेतृत्वमा तीनै तहका सरकारलाई जनताप्रति अधिकतम काम गर्ने अवस्था सिर्जना गर्न सक्नुपर्ने उनको भनाइ छ। सिटौलाले पार्टी र सरकारबीच समझदारी नहुँदा मुलुकमा धेरै दुर्घटना भएकाले अब पार्टी र सरकारबीचमा राम्रो समझदारी हुनुपर्छ भन्नेमा पार्टी स्पष्ट रहेको धारणा राखे।

उनले संविधान कार्यान्वयनको गहन ढंगले समीक्षा गरेर मात्रै संशोधनको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए। उनले आगामी निर्वाचनमा सबै वडादेखि तहसम्मको निर्वाचनमा जित हासिल गर्नेगरी अहिलेदेखि नै तयारी गर्न निर्देशन समेत दिए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.