राष्ट्रिय मेलमिलाप दिवस

गणतन्त्रलाई सफल र विश्वसनीय बनाउनु हामी सबैको कर्तव्य : देउवा

गणतन्त्रलाई सफल र विश्वसनीय बनाउनु हामी सबैको कर्तव्य : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय मेलमिलाप अहिलेको आवश्यकता रहेको बताएका छन्। मंगलबार राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले सम्पूर्ण नेपालीको एकता नै मेलमिलाप भएको बताएका हुन्।

‘गणतन्त्रलाई सफल र विश्वसनीय बनाउनु हामी सबैको कर्तव्य छ। गणतन्त्र स्थायी रहन्छ, यसलाई सुदृढ बनाउनुपर्छ। अहिले सम्पूर्ण नेपाली जनताको एकता नै मेलमिलाप हो।’उनले भने,‘चाहे हिमालमा हुन्, पहाड र मधेशमा हुन्, चाहे पूर्व हुन् चाहे पश्चिममा हुन् एकता कायम हुनुपर्छ। चाहना फरक होलान् त्यसमा समन्वय गर्नुपर्छ।’

उनले बिपी कोइरालाको मेलमिलापको नीतिलाई प्रशंसा गरे। देउवाले भने,‘नेपाली कांग्रेसका लागि मात्र होइन, देशका लागि राष्ट्रिय मेलमिलाप आवश्यक छ, यसमा कांग्रेसले अग्रसरता लिनुपर्छ।’

बिपी कोइराला आफूमाथि मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइएको हो। वि.सं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहनुभएका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेता-कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए।

वि.सं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो। सोही वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको थियो। 

आठ वर्षपछि विसं २०२५ मा उपचारका लागि बिपीलाई रिहा गरिएको थियो। रिहापछि उपचारका लागि भारत पुगेका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक क्रियाकलाप सुरु गरेका थिए। त्यसबेला राष्ट्रियता कमजोर हुन नदिने भन्दै राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिइ ४९ वर्षअघि आजैका दिन उनीलगायत नेता नेपाल फर्किएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.