श्रम र श्रमिक केही हुन् भन्ने विषयलाई प्राथमिकता दिएर विकासको गति अघि बढाऔं : राष्ट्रपति

श्रम र श्रमिक केही हुन् भन्ने विषयलाई प्राथमिकता दिएर विकासको गति अघि बढाऔं : राष्ट्रपति
सुन्नुहोस्

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन् भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको विकासको गति अघि बढाउनु अहिलेको आवश्यकता रहेको बताएका छन्।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा काठमाडौंमा मंगलबार आयोजित छैठौं श्रम संसदलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक मात्र नभइ यससँग मानवीय विषय पनि उत्तिकै जोडिएको बताएका हु्न्।

उनले प्राकृतिक स्रोत साधन र पूँजीको परिचालन श्रमजीवी वर्गले गर्ने बताए। आफ्नो राजनीतिक जीवनमा देशको सामाजिक र आर्थिक रुपान्तरणका लागि कृषक, श्रमिक तथा मजदुरको सम्मानको विषयलाई आफूले सदैव प्राथमिकता दिएको उनले स्मरण गरे। उनले सफल राजनीतिक परिवर्तनपछि देशले चाहेको विकास र समृद्धिको आधार पनि यही अवधारणाको जगमा खोज्नुपर्ने जिकिर गरे।

नेपालका श्रमजीवीहरूले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरेको योगदान सराहनीय रहेको र सोही योगदानका कारण संविधानमा उचित श्रम अभ्यास, संगठन गर्न पाउने स्वतन्त्रता, सामूहिक सौदावाजी र योगदानमा आधारित सामाजिक सुरक्षाजस्ता विषय मौलिक हककारुपमा रहन पुगेको उनले उल्लेख गरे। 

राष्ट्रपति पौडेलले अहिले भौतिक विकासका रुपमा भएको प्रकृतिको दोहन र मानवीयता प्रतिको बेवास्ताले विश्वमा दिनानुदिन जलवायु परिवर्तनको जोखिम बढेको पनि बताए। उनले श्रमिकहरूको जीवनस्तरमाथि उठाउने र कार्यस्थललाई सुरक्षित र मर्यादित बनाउने जेटियुसीसीको उद्देश्यको प्रशंसा समेत गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.