भरूवा बन्दुकसहित दुई जना पक्राउ
सर्लाही : हरिवन नगरपालिका-६ चारली चोकबाट एकनाले भरूवा बन्दुकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सोमबार राति एउटा एकनाले भरूवा बन्दुक, बारूद र छर्रा बेरिङसहित हरिवन नगरपालिका-११ भेषराज टोल बस्ने ३४ वर्षीय जितेन्द्र कुमार घिसिङ र बागमती नगरपालिका-२ बस्ने ३५ वर्षीय रत्नलाल जिम्बा पक्राउ परेका हुन्।
अस्थायी प्रहरी पोष्ट घर्कौलीबाट खटिएको प्रहरीले घर्कौलीबाट ढुङग्रेखोलातर्फ जाँदै गरेको बा.२३ प ८८९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हातहतियार सहित पक्राउ गरेको प्रहरीको भनाई छ।
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
६