गुणस्तरहीन काम गर्ने गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गुणस्तरहीन काम गर्ने गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सुन्नुहोस्

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अर्जुनचौपारी गाउँपालिकाको वडा नम्बर १ को  बजार क्षेत्रको ढलान बाटो निर्माणका क्रममा गुणस्तरहीन काम गरेको आरोपमा गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घ नारायण अर्याल,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरण गुरूङ,तत्कालीन इन्जिनियर नविन थापालगायत १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले गाउँपालिकाका तत्कालीन अध्यक्ष अर्याल,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत  गुरूङ, सब- इन्जिनियर पौडेल,गाउँ कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत गुरुङ,तत्कालीन इन्जिनियर  थापा विरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको जानकारी दिए।

यसैगरी सदरमुकाम व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल,सचिव कृष्ण प्रसाद काफ्ले र कोषाध्यक्ष हिमकुमारी केसी र तल्लो बजार नाली तथा ढलान सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मंगलदेवी थापा मगर, सचिव विष्णु कुमारी विक र कोषाध्यक्ष एक नारायण देवकोटाविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर भएको हो।

गाउँपालिका वडा नम्बर १ को आर्थिक वर्ष २०७५/०७६ र आर्थिक वर्ष  २०७६/०७७ मा स्थानीय  बजार क्षेत्रको ढलान बाटोमा लाखौं मूल्य बराबरको गुणस्तरहीन काम गरेको उनीहरूमाथि आरोप छ।

आर्थिक वर्ष २०७५/०७६ मा उक्त गाउँपालिकाबाट कार्यान्वयन भएको गाउँपालिका सदरमुकाम  व्यवस्थापन  योजनाको Providing mixing and pouring (1:2:4) Machine Mix Concrete आइटमको सबै ठाउँको ढलान भत्कीइ २७ लाख ५ हजार ११ मूल्य बराबरको गुणस्तरहीन काम भएको अख्तियारको ठहर छ। यसैगरी   आर्थिक वर्ष २०७६/०७७ मा गाउँपालिकाबाट कार्यान्वयन भएको तत्लो बजार नाला तथा ढकान निर्माण योजनाको PCC for RCC Works १:२:४ आइटमको सबै ठाउँको ढकाल भत्किइ ८ लाख ३४ हजार ३२० रुपैयाँ बराबरको गुणस्तरहीन काम गरेको देखिन आएको अख्तियारको आरोप पत्रमा उल्लेख छ।

अख्तियारका अनुसार  गाउँपालिकाका तत्कालीन अध्यक्ष अर्यालसँग ३५ लाख ३९ हजार ३३१,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुरूङसँग २७ लाख ५ हजार ११ ,तत्कालीन इन्जिनियर थापासँग ३५ लाख ३९ हजार ३३१ र सदरमुकाम व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष पौडेल,सचिव काफ्ले र कोषाध्यक्ष केसीविरुद्ध २७ करोड ५ हजार ११ रुपैयाँ बिगो माग गरिएको छ। अर्जुनचौपारी गाउँपालिकासँग २७ लाख ५ हजार ११ रुपैयाँ बिगो माग गरिएको छ।

अन्य प्रतिवादी प्रति व्यक्तिसँग  ८ लाख ३४ हजार ३२० रुपैयाँ बिगो र जरिवाना माग गरिएको अख्तियारले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.