माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु

माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु
सुन्नुहोस्

ललितपुर : ललितपुरमा माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। ललितपुर महानगरपालिका-१८ मगरगाउँस्थित सडकमा बा.२ ख ३१०२ नम्बरको माइक्रोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने रामेछाप मन्थली नगरपालिका-७ घर भएकी ३५ वर्षीया गोमा मगरको मृत्यु भएको हो। 

ठक्करबाट गम्भीर घाइते भएकी उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो। उक्त माइक्रोले रोकी राखेको बा.७ च ५९८७ नम्बरको बोलेरो गाडी र पैदलयात्रीलाई समेतलाई ठक्कर दिई दुर्घटना भएको थियो। माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.